सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टोकियो – जापान सरकारले युवतीहरुको तौल र खानपानका बारेमा सर्वेक्षण गर्ने भएको छ । कम तौलका युवा वयस्क महिलाहरूको उच्च अनुपातलाई कम गर्ने उदेश्यका साथ यस्तो सर्वेक्षण गरिने भएको हो ।

स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयकाअनुसार शरीरको छवि, मनोवृत्ति, आहार र जीवनशैलीलगायतका मुद्दाहरूको अनुसन्धान गर्न अनुसन्धान समूह गठन गरिएको छ । ‘कम तौलले व्यक्तिको स्वास्थ्यलाई ठूलो जोखिममा राख्छ र नवजात बच्चाहरूलाई खतराहरू प्रस्तुत गर्न सक्छ,’ मन्त्रालयले भनेको छ, ‘जोखिमहरूबारे सचेतना फैलाएर सामान्य तौल कायम राख्नका लागि सर्वेक्षण गरिनेछ ।’

चालु आर्थिक वर्षदेखि मार्चसम्म अनुसन्धान समूहले युवा महिलाहरूको खानपान र पोषणको बुझाइको तथ्य कसरी बाहिर ल्याउन सकिन्छ भनेर समीक्षा गरिनेछ । यसअघि २०१३ मा सुरु गरिएको सरकारको १० वर्षे हेल्थ जापान योजनाको उद्देश्य २० वर्षमा कम तौल भएका महिलाहरूको बीएमआई २० प्रतिशतभन्दा कममा ल्याउने थियो । तर त्यो असफल भएको छ ।

तपाईको प्रतिक्रिया