मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

टोकियो – चीन र रुसी युद्धपोत जापानको सेन्काकु टापु नजिकै देखिएका छन् । सोमबार पूर्वी चीन सागरको सेन्काकु टापुहरू वरपर जापानी क्षेत्रीय पानीको बाहिर ती युद्धपोत देखिएका हुन् ।

जापानद्वारा प्रशासित तर चिनियाँहरूले दाबी गरेको निर्जन टापुहरूको छेउछाउको क्षेत्रमा बिहान ७ः४४ बजेदेखि करिब ६ मिनेटसम्म रुसी फ्रिगेट पानीमा प्रवेश गरेको थियो । रुसी जहाज बिहान ७ः०५ देखि बिहान ८ः१६ सम्म पानीमा रहेको रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अधिकारीकाअनुसार टाइफुनबाट बच्न त्यसो गरेको देखिन्छ ।

यद्यपि जापानले यस्तो कदमविरुद्ध कठोर तर शान्त तरिकामा जवाफ दिने उप-मुख्य क्याबिनेट सचिव सेइजी किहाराले पत्रकार सम्मेलनमार्फत बताए । ‘चीनको बढ्दो समुद्री दृढता र बढ्दो चीन-रूस सैन्य सम्बन्धको बीचमा आएको हो,’ उनले भने, ‘टोकियोले बेइजिङमा विरोध गरेको छ, यो कदमको कठोर तर शान्त तरिकामा जवाफ दिइनेछ ।’

चिनियाँ र रूसी नौसेना जहाजहरू एकै समयमा नजिकको क्षेत्रमा प्रवेश गरेको २०१६ पछि पहिलो भएको बताइन्छ । अन्तर्राष्ट्रिय कानून अन्तर्गत, युद्धपोतलगायत कुनै पनि राष्ट्रका जहाजहरूलाई कुनै पनि देशको सुरक्षामा खतरा नभएसम्म तटीय राष्ट्रको छेउछाउको पानीबाट यात्रा गर्ने अधिकार रहेको बुझिन्छ ।

तपाईको प्रतिक्रिया