मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

टोकियो – फिलिपिन्सले जापानी उपभोक्ताहरूलाई केराको उच्च मूल्य स्वीकार गर्न आग्रह गरेको छ । आफ्नो सबैभन्दा ठूलो निर्यात बजार जापानका खुद्रा विक्रेताहरू र उपभोक्ताहरूलाई यस्तो आग्रह गरेको हो ।

लोकप्रिय फलको लागि आफ्नो उद्योगलाई निरन्तरता दिन केराको उच्च मूल्यको मार सहन आग्रह गरेको छ । टोकियोस्थित फिलिपिन्स दूतावासका एक कृषि सहचारीकाअनुसार २०१५ देखि जापानमा केराको मूल्य लगभग २६० येनमा स्थिर रहेको छ।

फिलिपिन्सका किसानहरूले मुनाफा कमाउन सकेका छैनन् । कोरोनाभाइरस महामारी र रसियाको युक्रेनको युद्धको कारण लागत बढिरेको छ ।

तपाईको प्रतिक्रिया