सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टाेकियाे – जापानको ओकिनावा प्रिफेक्चरस्थित गिनोवानमा दिदीबहिनीमाथि छुरा प्रहार भएको छ । आइतबार बिहान ट्याक्सीलाई पछ्याएका कारमा ती व्यक्तिले दिदीबहिनीलाई छुरा प्रहार गरेका हुन् ।

प्रहरीका अनुसार घटना बिहान करिब १ः४० बजे भएको हो । ती संदिग्ध व्यक्तिले ट्याक्सीलाई पछ्याएका थिए जब ट्याक्सी महिला निवासको अगाडि रोकियो उनले कार पनि रोके । ट्याक्सीको पछाडि कार पार्क गरेका उनले महिला ट्याक्सीबाट निस्कले बेला छुरा हालेका हुन् ।

महिलालाई छुरा प्रहारपछि त्यही कारमा भागेको प्रहरीको भनाई छ । दुवै महिलाको पेटमा चोट लागेको र उनीहरुको अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । प्रहरीले फरार रहेका उनी दिदीबहिनीको चिनजान रहेको बताएका छ । उनीहरुबीच विगतमा केही विवाद भएको थियो ।

तपाईको प्रतिक्रिया