Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौँ – केही दिनयता कोरोनाभाइरस संक्रमतिको संख्या बढ्दै गएको छ। शनिबार थप ४४ जनामा संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भारतमा सङ्क्रमण बढेसँगै नेपालमा पनि सङ्क्रमण बढेको बताए। उनका अनुसार ०.५ प्रतिशतमा झरेको सङ्क्रमणको दर अहिले बढेर ६ प्रतिशत पुगेको छ। भारतमा जस्तो संक्रमितको संख्या तीव्र रुपमा नबढे पनि क्रमिक रुपमा बढ्दै गएको उनले बताए।

नेपालमा कोरोनाको सङ्क्रमण सबैभन्दा कम चार जनामा देखिएको थियो। त्यो संख्या बढेर आज ४४ पुगेको छ।असार १ गते तीन हजार ९०५ जनामा परीक्षण गराउँदा २५ जनामा सङ्क्रमण देखिएको थियो भने असार १७ गते दुई हजार ८१४ जनामा परीक्षण गर्दा ५० जनामा सङ्क्रमण देखिएको थियो।

असार १६ गते ५५ जना, असार १५ गते ६२ जना, असार असार १४ गते ४४ जना, असार १३ गते ४१ जना, असार १२ गते २९ जना र असार ११ गते २७ जना सङ्क्रमित रहेका छन्। अहिले २९१ जन होम आइसोलेशन, ६ जना संस्थागत आइसोलेशन र तीन जना सघन उपचार कक्ष (आईसीयू) मा रहेका छन्।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भारतमा सङ्क्रमण बढेका कारणले नेपालमा पनि बढेको बताए। भारतबाट नेपालमा आउने मानिसमा सङ्क्रमण देखिएको उनको भनाइ छ। “सङ्क्रमण बढे पनि ग्राफमा ठूलो नदेखिएको हो,” डा. दासले भने, “हामीले जनस्वास्थ्यमा मापदण्ड पालना गर्नुपर्छ।”

उनले अहिले देखिएको सङ्क्रमणमा ओमिक्रोन भेरियन्टको पूरानै प्रजाति हो वा होइन भन्नेबारे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अणु वाङ्शिक (जीन सिक्वेन्सिङ) भइरहेको बताए। यसको एक–दुई दिनमा रिपोर्ट आउने उनले बताए।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया