सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौँ – नेपाली मूलकी ज्योति केसीले अन्तरिक्ष यात्रा गर्ने भएकी छन् । अमेरिकी वायुसेनामा भर्ती भई काम गरिरहेकी उनी अन्तरिक्ष यात्राको तयारीमा जुटेकी हुन् । दाङ भालुवाङमा जन्मिएर एरोस्पेस इन्जिनियरिङको पढाइका लागि सन् २०१७ मा अमेरिका पुगेकी उनी अन्तरिक्ष यात्राको लागि प्रशिक्षण सम्पन्न गरेर तयारी गरिरहेकी छन् ।

२७ वर्षीया ज्योतिले भर्खरै एनालग अन्तरिक्षको प्रशिक्षण पूरा गरेकी छन् । ‘मैले भर्खरै एनालग अन्तरिक्ष यात्री प्रशिक्षण पूरा गरेको छु र आधिकारिक रूपमा एनालग अन्तरिक्ष यात्रीको रूपमा प्रमाणित भएको छु,’ उनले भनेकी छन् ।

उनले सामाजिक सञ्जालमा अन्तरिक्ष यात्रीको प्रशिक्षणबारे लेखेकी छन्, ‘सिरियस मिसनको कमाण्डर र इन्जिनियर समर्थनको रूपमा, मसँग संसारभरबाट चार चालक दलका सदस्यहरू थिए (अमेरिका, मेक्सिको, पोल्याण्ड) । यो हामी सबैको लागि एक अविश्वसनीय सिक्ने अनुभव थियो । तालिम पोल्याण्डमा दुई हप्तासम्म चलेको थियो, र म (लुनारेस रिसर्च स्टेशन) मा भाग लिने पहिलो नेपाली–अमेरिकी हुँ ।’

तपाईको प्रतिक्रिया