शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – नेपालीभाषी भारतीय गायक विपुल क्षेत्रीलाई ग्रामी अवार्डको भोटिङ सदस्यता प्रदान गरिएको छ । संगीतको क्षेत्रमा विश्वप्रतिष्ठित यस अवार्ड शोमा गायक क्षेत्री विभिन्न देशका सेलिब्रेटीहरूमध्ये एक भोटरको रूपमा आबद्ध भएका हुन् ।

गायक क्षेत्रीले यसबारे जानकारी दिँदै बुधबार सामाजिक सञ्जालमा ग्रामीबाट आएको निमन्त्रणा पत्र राख्दै लेख्छन्, “हामी सबैजना ग्रामी हेरेर हुर्कियौँ । यस रेकर्डिङ एकेडेमी (ग्रामी) को भोटिङ सदस्यको रूपमा आबद्ध हुन पाउनु भनेको रोचक कुरा हो । निमन्त्रणा स्वीकार्दै नयाँ ‘ग्रामी मेम्बर क्लास २०२२’ को एक हिस्सा भएर सांगीतिक समुदायका लागि योगदान र अभियानमा आबद्ध थुप्रै प्राफेसनलहरूसँग मिलेर काम गर्न पाउँदा आफूलाई गौरवान्वित महसुस भइरहेको छ ।”

ग्रामीले उनलाई संगीतको बोल्ड नयाँ पुस्ताको ट्याग दिँदै निमन्त्रणा पठाएको छ ।

तपाईको प्रतिक्रिया