Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडाैं – नेपाल आयल निगमले आफ्नो प्रधान कार्यालयकै जग्गा, भवन र सम्पत्ती धितो राखेर ऋण लिन पाउने अनुमति पाएको छ । टेकुस्थित प्रधानकार्यालयको सम्पत्ती धितामा राखेर ऋण लिन निगमलाई मंगलबार अर्थमन्त्रालयले अनुमति दिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

भारतीय आयल निगमलाई तिुर्नपर्ने बक्यौता ऋण बुझाउन निगमले टेकुस्थित प्रधान कार्यालयमा रहेको २९ रोपनी जग्गा राष्ट्रिय वाणिज्य बैंकमा धितो राखेर ३ अर्ब ऋण निकाल्न मन्त्रालयसँग अनुमति मागेको थियो । धितो राखेर ३ अर्ब ऋण निगमलाई उपलब्ध गराउन मन्त्रालयले बैंकलाई निर्देशन समेत दिएको छ ।

यस्तै भ्याट फिर्ताबापतको ५ अर्ब रुपैयाँ समेत अर्थमन्त्रालयले निगमलाई तत्काल उपलब्ध गराउने सहमति गरेको छ । निगमले भारतीय आगल निगम (आईओसी)लाई बुझाउनु पर्ने बक्यौता रकम २२ अर्ब रुपैयाँभन्दा बढिसकेको छ । चालू वर्षको ११ महिना अर्थात् जेठसम्म निगमले ४९ अर्ब ५० करोड रुपैयाँ घाटा व्यहोरिसकेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडू, अर्थमन्त्री जर्नादन शर्मा, योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, मन्त्रालयका सचिवहरु र निगमका कार्याकारी निर्देशकसहित सोमबार बसेको बैठकले यस्तो सहमति गरेको हो । उक्त बैठकमा मन्त्री बडूले निगमले घटाएको मूल्यवापतको कर घटाउन र मासिक १० अर्ब रुपैयाँ घाटाको शोधभर्ना दिन पनि अर्थमन्त्रालयसँग माग गरे ।

तपाईको प्रतिक्रिया