हालसम्म बागबजार, बालाजु, डिल्लीबजार, नैकाप, कपन र सानेपा लगायतका ठाउँहरुमा हैजा देखिएको छ । पछिल्लो पटक नैकपाका एक बिरामीमा हैजाको आरडिटी पोजेटिभ देखिएको हो । तर उनको कल्चरल रिर्पोट पनि पोजेटिभ देखिएको हो । त्यसैगरी हैजाको लक्ष्यण देखिएका अर्का बिरामीको भने रिपोर्ट आउन बाँकी रहेको छ ।
काठमाडौंमा अव्यवस्थित ढल निकासी, पानीको शुद्धता मापन हुन नसक्नु लगायतको कारणले हैजाको जोखिम थप बढेको हो ।