Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा नेपालले विभिन्न देशबाट एक खर्बभन्दा बढी रुपैयाँको कच्चा भटमास, सनफ्लावर र पाम तेल आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा नेपालले उक्त मूल्य बराबरको कच्चा भटमास, सनफ्लावर र पाम तेल आयात गरेको हो ।

सो अवधिमा कूल १ खर्ब ७ अर्ब ५७ करोड ९९ लाख १७ हजार रुपैयाँको कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ । पछिल्लो ११ महिनामा ५३ अर्ब २५ करोड ५१ लाख ६२ हजार रुपैयाँको कच्चा भटमास तेल, ३६ अर्ब ५९ करोड ६५ लाख ३८ हजार रुपैयाँको कच्चा पाम तेल र १७ अर्ब ७२ करोड ८२ लाख १७ हजार रुपैयाँको कच्चा सनफ्लावर तेल नेपालले आयात गरेको छ ।

उक्त अवधिमा नेपालमा कूल ६८ करोड ८८ लाख ७ हजार ६२७ लिटर कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपाल भित्रिएको छ । नेपालमा अर्जेन्टिना, ब्राजिल, इजिप्ट, इटाली, पराग्वे, रुस, युक्रेन, उरुग्वे, भियतनाम, इण्डोनेसिया, मलेसिया र फिलिपिन्स गरी १२ देशबाट कच्चा भटमास, सनफ्लावर र पाम तेल आउने गरेको छ ।

नेपालमा सबैभन्दा बढी कच्चा भटमास तेल अर्जेन्टिना, ब्राजिल र पराग्वेबाट आउने गरेको छ । यी सबै दक्षिण अमेरिकी राष्ट्र हुन् । नेपालमा सबैभन्दा बढी कच्चा पाम तेल इण्डोनेसिया, मलेसिया र फिलिपिन्सबाट आउने गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । यस्तै, नेपालमा सबैभन्दा बढी कच्चा सनफ्लावर तेल युक्रेन, रुस र अर्जेन्टिनाबाट आउने गरेको छ ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया