Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौंँ – आगामी १५ दिनमा नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थ बिक्री गर्दा चार अर्ब ८१ करोड रुपैयाँ घाटा हुने भएको छ ।  इण्डियन आयल कर्पाेरेशनले आज (१६ जून) मा पठाएको मूल्यसूचि अनुसार पेट्रोलियम बेच्दा अबको १५ दिनमा ९ अर्ब ६३ करोड घाटा हुने भएको हो ।

इण्डियन आयलले नयाँ मूल्यसूची पठाएपछि निगमले आजै जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रशोधित पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजेलमा प्रतिलिटर १९ रुपैया ३ पैसा र हवाई इन्धनमा १९ रुपैयाँ ९१ वृद्धि भई आएको छ ।

यो मूल्यसूचीअनुसार अब पेट्रोलमा प्रतिलिटर  ३१ रुपैयाँ २८ पैसा, डिजेलमा प्रतिलिटर ३७ रुपैयाँ १६ पैसा, हवाई इन्धन (आन्तरिकमा) २ रुपैयाँ ७० पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ७ सय ५१ रुपैयाँ घाटा हुनेछ ।  निगमका अनुसार अबको १५ दिनमा नयाँ मूल्य सूचीका आधारमा पेट्रोलमा ९५ करोड, डिजेलमा २ अर्ब ९१ करोड, हवाई इन्धन (आन्तरिक) मा ६६ लाख र एलपी ग्यासमा १ अर्ब १४ करोड रुपैयाँ घाटा रहने स्थिति छ ।

इण्डियन आयललाई पेट्रोलियम पदार्थ खदिबापत जून २३, २०२२ सम्ममा भुक्तानी दिन नसकी २२ अर्ब रुपैयाँ बक्यौता रहेको निगमले जनाएको छ । ‘यो अवस्थामा रकम व्यवस्थापन तथा आपूर्ति व्यवस्था सहज बनाउन अत्यन्त कठिन देखिएको छ,’ निगमले भनेको छ । यो आर्थिक वर्षको असार मसान्तसम्मा निमगलाई करिब ५५ देखि ६० अर्ब रुपैयाँ नोक्सानी हुने अनुमान गरिएको छ ।

‘यदि अन्तर्राष्ट्रिय मूल्य नघट्ने र यही विन्दुमा स्थिर रहने हो भने पेट्रोलिम पदार्थको आपूर्ति तथा बिक्री वितण सहज बनाइ राख्नका लागि पेट्रोल, डिजेल र एलपी ग्यासको खुद्रा बिक्री मूल्य लागत मूल्य सरह नै हुने गरी कायम गर्नुपर्ने स्थिति रहेको छ,’ विज्ञप्तिमा छ ।  निगमले विदेशी मुद्रा खर्च गरी महँगोमा आयात गर्नुपर्ने भएकाले सकेसम्म विद्युत् लगायतका स्वदेशी ऊर्जाको खपत बढाउन आम उपभोक्तालाई आग्रह पनि गरेको छ ।

तपाईको प्रतिक्रिया