Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)को ओरालो यात्रा कायमै रहेको छ । मंगलबार कारोबार सुरुवाती कारोबारबाटै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्म ३६ दशमलव ०७ अंकको गिरावटसहित १९९६ दशमलव २६ बिन्दुमा आएर रोकिएको हो ।

यसैक्रममा आज नेप्सेमा १ अर्ब १८ करोड ५५ लाख ४६ हजार १ सय ७९ रुपैयाँ बराबरको ४१ लाख ४७ हजार कित्ता सेयर किनबेच भएको छ ।
परिसूचक उच्च अंकले घटेको बजारमा आज कारोबार भएका सबै उपसमूहमा गिरावट आएको छ । जसमध्ये सबैभन्दा धेरै निर्जिवन बीमा, वित्त र विकास बैंक समूहका लगानीकर्ताले गुमाएका छन् ।

जसमा निर्जीवन बीमा समूहमा २४२ अंकको गिरावट आउँदा जीवन बीमा समूहमा १ सय ८६ अंकको गिरावट आएको छ । त्यस्तै, लघुवित्त समूहमा ७७ अंकको गिरावट आएको छ भने विकास बैंक समूहमा ७६ अंकको गिरावट आएको छ । त्यसैगरी, उत्पादनमूलक समूहमा ६७ अंक र जलविद्युत समूहमा ६६ अंकले पहिरो गएको छ ।

त्यस्तै, व्यापार समूहमा ५२ अंकले गिरावट आउँदा अन्य समूहमा ५१ अंकले घटेको छ । होटल र टुरिज्म समूह ४६ अंकले घट्दा वित्त समूहमा ३२ अंकको पहिरो गएको छ । आज घटेको मध्ये सबैभन्दा धेरै हिमालयन पावर पार्टनरको सेयर मूल्य ९ दशमलव ९९ प्रतिशत घटेको छ ।

परिसूचकमा भारी गिरावट हुँदा केही कम्पनीको भने मूल्य बढेको छ । जसमध्ये आँधिखोला लघुवित्त वित्तिय संस्थाको ८ दशमलव १८ प्रतिशतले बढेर ४४८.४० रुपैयाँ पुगेको छ । त्यस्तै, एनएमबीको ४ दशमलव १० प्रतिशतले बढ्दा माउण्टेन हाइड्रोको मूल्य ३ दशमलव ७२ प्रतिशतले बढेको छ ।

तपाईको प्रतिक्रिया