Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौँ – चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या १ करोड ७६ नाघेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको रिपोर्ट अनुसार बैशाख ३१ गतेसम्म यस्तो मोबाइल बैंकिङ सेवाको प्रयोगकर्ताहरूको संख्या १ करोड ७६ लाख ७६ हजार २५९ पुगेको हो ।

जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा १.६६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष २०७८ बैशाख मसान्तसम्म कुल मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूको संख्या १ करोड ७३ लाख ८२ हजार ४४८ रहेको थियो । यसै आर्थिक वर्षको बैशाख मसान्तसम्म मोबाइल बैंकिङ प्रविधिबाट मात्र कुल ११ अर्ब ३६ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, समीक्षा अवधिमा भूक्तानीको औजार वालेट प्रयोगकर्ता १ करोड ४८ लाख ८४ लाखबाट १ अर्ब ४६ करोड ६० लाख रुपैयाँ कारोबार भएकोमा १ करोड ४ लाख ६२ हजार ६०८ वटा डेबिट कार्ड (एटीएम) बाट ८ अर्ब १ करोड ९२ लाख रुपैयाँ, २ लाख १५ हजार १८ जना क्रेडिट कार्ड प्रयोगकर्ताहरूबाट १२ करोड ४५ लाख रुपैयाँ र २ लाख ५२ हजार ७०५ जना इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरूबाट १ अर्ब १९ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको बैंकले जनाएको छ । यस्तै अन्य डिजिटल भुक्तानीका साधनहरु कनेक्ट आईपीएस, प्रिपेडकार्ड, आरटीजीएस लगायतका प्रणालीबाट समेत अर्बौंको कारोबार भएको बैंकले जनाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया