बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडाैं – एसपीजी अटोमोबाइल्सले चेरी ब्रान्डको फ्ल्यागसिप मोडल टिग्गो ८ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालमा चेरी कारका लागि एक मात्र आधिकारिक वितरक एसपीजीका अनुसार चेरीको टेक्नोलोजी समावेश गरिएको चेरी टिग्गो ८ प्रो १.६ टीजीडीआई र ७ डीसीटीको संयोजनले भरिएको छ ।

यो गाडीमा फुल एलईडी लक्जरी लाइटिङ सेट र विशेष लक्जरियस लेदर सिटहरू स्ट्यान्डर्डको रूपमा उपलब्ध छन् । टिग्गो ८ प्रोको लम्बाइ, चौडाइ र उचाइ क्रमशः ४७२२, १८६०, १७४५, १७४५ मिलिमिटर छ । टिग्गो ८ प्रो पारिवारिक शैलीमा नयाँ पुस्ताको ‘पिक ग्रिल’ डिजाइन अवधारणामा आधारित छ ।

यसमा भएको इन्टिग्रेटेड डाइनामिक टर्निङ सिग्नलसहितको फुल एलईडी हेडल्याम्प र म्याट्रिक्स डायमण्डजस्तो फ्रन्ट ग्रिल डिजाइनले एक अद्वितीय, त्रि-आयामिक र हार्ड-एज्ड भिजुअल इफेक्टको प्रतिनिधित्व गर्दछ ।

तपाईको प्रतिक्रिया