सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – सन् २०२० देखि एप्पलले नयाँ आईफोनमा चार्जर दिन बन्द गरेको थियो । धेरैजसो प्रयोगकर्तासँग पहिले नै चार्जर भएको र चार्जरको उत्पादन कम हुँदा वातावरणलाई पनि राम्रो हुने कारण देखाउँदै कम्पनीले नयाँ स्मार्टफोनमा चार्जर दिन बन्द गर्‍यो ।

यद्यपि ब्राजिलमा भने एप्पललाई यो निर्णय बदल्न र तत्कालीन समयमा आईफोन लगायत अन्य एप्पल डिभाइसको खरिदमा चार्जर नपाएका ग्राहकलाई क्षतिपूर्ति दिन निर्देशन दिइएको छ ।ब्राजिलको अदालतले यो निर्णयले ग्राहक र वातावरणलाई भन्दा पनि एप्पललाई मात्र फाइदा भएको भन्दै यो व्यवस्थापन ब्राजिलमा लागू नगर्न निर्देशन दिएको हो ।

यही कारण योभन्दा अगाडि पनि ब्राजिलको अदालतले एप्पललाई २० लाख डलर जरिवाना तिराइसकेको छ । अब फेरि अदालतले चार्जर नपाएका ग्राहकलाई चार्जर उपलब्ध गराउनुपर्ने निर्देशन दिएको छ ।

यो निर्णयले ब्राजिलमा स्मार्टफोनको बिक्रीलाई कुन हदसम्म प्रभाव पार्नेछ भन्ने कुरा आउने दिनमा थाहा होला । तर यदि एप्पलले यो निर्णयलाई सदर गरेको खण्डमा भने एप्पललाई पछ्याउँदै नयाँ स्मार्टफोनको खरिदमा चार्जर नदिने अरु मोबाइल कम्पनीहरूलाई पनि चार्जर उपलब्ध गराउन दबाब भने हुनेछ ।

तपाईको प्रतिक्रिया