आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – जापानले रुसबाट आयात हुने कोइला आयात घटाउने भएको छ । रुसले युक्रेनमा गरेको आक्रमणको विरोधमा जापानले रुसबाट हुने कोइला आयातमा कटौतीको निर्णय गरेको हो ।

जापानका अर्थ, व्यापार तथा उद्योगमन्त्री कोइची हागिउडाले जापान अहिले चरणवद्धरुपमा रुसी उत्पादनमाथिको निर्भरता कम गर्ने पक्षमा रहेको बताए । यद्यपि जापानले कहिलेदेखि रुसी कोइला आयातमा कटौती सुरु गर्ने भन्ने विषयमा कुनै जानकारी दिएको छैन ।

रुसले गत फेब्रुअरी २४ यता निरन्तर युक्रेनमाथि आक्रमण गर्दै आएको छ । त्यसको जवाफमा पश्चिमा मुलुक तथा अमेरिकाका सहयोगी मुलुकले रुसमाथि चरणबद्धरुपमा प्रतिबन्धको घोषणा गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया