आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यसमिति जापानको प्रवक्तामा व्यवसायी तथा समाजसेवी महेन्द्र चोखाल चयन भएका छन् । लामो समयदेखि चयन हुन बांकी रहेको मोना जापानको प्रवक्तामा चोखालले जिम्मेवारी पाएका हुन्।

चोखाल मोना कतारका पूर्व महासचिव तथा मोना जापानका आजीवन सदस्य हुन् । मोना जापानको विधान अनुरुप प्रवक्ता नियुक्ति गर्ने जिम्मेवारीअध्यक्षलाई दिईएको र सो अनुसार हालसम्म रिक्त रहेको सो पदमा आजकै मितिदेखि लागु हुने गरी व्यवसायी चोखाललाई २०२१-२०२३ कार्यकालका लागि प्रवक्ता पदमा नियुक्ति गरिएको अध्यक्ष सचिन श्रेष्ठले समुद्रपारिलाई जानकारी दिए ।
प्रवक्तामा चोखालको नियुक्तिसंगै मोना जापानको कार्यकारी समितिले अब पूर्णता पाएको छ ।

यो पनि : मोना जापानद्वारा फुटसल कार्यक्रमको हिसाब सार्वजनिक, २१ लाख ९० हजार बचत

तपाईको प्रतिक्रिया