मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं – रुसले एक महिनादेखि युक्रेनमाथि आक्रमण जारी राखेको छ । यसैबीच युक्रेनी सरकारले रुसी आक्रमणको टाइमलाइनमा आधारित नन-फन्जिबल टोकनहरु (एनएफटी) बेचेर आफ्नो राज्यका लागि कोष जम्मा गरेको कुरा बाहिरिएको छ ।

युक्रेनको डिजिटल ट्रान्सफर्मेशन मन्त्री मिखाइलो फेडोरोभले एक ट्वीट गर्दै कोष सङ्कलन सुरु भएको घोषणा गरेका हुन् । रूसले युक्रेनलाई नष्ट गर्न सैन्य ट्याङ्कहरू प्रयोग गरिरहँदा आफूहरूले भने क्रान्तिकारी ब्लकचेन प्रविधिमा भर परेको उनले बतएका छन् ।

एनएफटीबाट जम्मा भएको रकम देशको सेना र नागरिकलाई समर्थन गर्न प्रयोग हुने र उक्त रकम डिजिटल ट्रान्सफर्मेशन मन्त्रालयमा जम्मा हुने पनि फेडोरोभले जानकारी दिएका छन् ।

‘मेटा हिस्ट्री: म्युजियम अफ वार’ शीर्षकको संग्रहले युद्धको हरेक महत्वपूर्ण घटनालाई जोडेको उनले बताएका छन् ।

फेब्रुअरीको अन्तमा सुरु भएको युद्धको पहिलो दिनको कुल ५४ वटा एनएफटी हाल सूचीबद्ध छन् । यो परियोजना ब्लकचेन कम्पनी ‘Fair.xyz’ बाट एनएफटी बिक्री प्लेटफर्ममा निर्माण गरिएको हो ।

तपाईको प्रतिक्रिया