सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टाेकियाे – जापानी विदेशमन्त्री योशिमासा हयाशी र उनका दक्षिण कोरियाली समकक्षी चुङ इउई-योङले टेलिफोन वार्तामा उत्तर कोरियाको अन्तरमहादेशीय क्षेप्यास्त्र प्रक्षेपणबारे छलफल गरेको जापानी विदेश मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रीहरूले उत्तर कोरियाले अन्तरमहादेशीय क्षेप्यास्त्र प्रक्षेपणको निन्दा गरेका छन् । विशेष गरी पछिल्लो प्रक्षेपणबारे समान धारणा बनाउँदै उनले उत्तर कोरियाको क्षेप्यास्त्र र आणविक कार्यक्रमको तीव्रता विश्व समुदायको लागि एक स्पष्ट र गम्भीर चुनौती भएको बताएका छन् ।

द्विपक्षीय र त्रिपक्षीय सहयोगको पुनस् पुष्टि गर्दै संयुक्त राज्य अमेरिका, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव अनुसार उत्तर कोरियाको सम्पूर्ण आणविक निःशस्त्रीकरणका लागि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् समक्ष आग्रह गरिएको विज्ञप्तिमा जनाइएको छ ।

उत्तर कोरियाले बिहीबार बिहान ह्वासोङ-१७ इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (ICBM) ​ परीक्षण गरेको पुष्टि गरेको छ । लामो दूरीको ब्यालेस्टिक मिसाइल जापानको सागरतर्फ प्रक्षेपण गरिएको थियो। दक्षिण कोरियाली सेनाले पुष्टि गरेको छ कि क्षेप्यास्त्रले करीव ६७० माइल उडेको थियो जसको अधिकतम उचाई ३,८५० माइल भन्दा बढी थियो । दक्षिण कोरियाले जापानको सागरतर्फ ब्यालेस्टिक र क्रुज मिसाइलहरूको शृङ्खला प्रक्षेपण गरेर बदला लिएको हो ।

यो वर्ष उत्तर कोरियाले गरेको ११ औं मिसाइल प्रक्षेपण हो । फेब्रुअरी २७ र मार्च ५ मा उत्तर कोरियाले टोही उपग्रह परियोजनाको भागको रूपमा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको हो । सियोल र वाशिंगटनले प्योङयाङले स्याटेलाइट प्रणाली विकास गर्ने बहानामा नयाँ ह्वासोङ-१७ अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल परीक्षण गरेको आरोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया