मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

टाेकियाे – जापानले थप २५ रुसी नागरिकको सम्पत्ति जफत गर्ने भएको छ । साथै ८१ रुसी नागरिक वा संस्थालाई निर्यातमा प्रतिबन्ध लगाउने भएको छ ।

शुक्रबार जापानका विदेशमन्त्रीले रुसले युक्रेनमाथि गरेको आक्रमणमा विरोधमा उक्त निर्णय गरिएको बताएका हुन् । यसअघि बिहीबार जापानका प्रधानमन्त्री फुमिओ किशिडाले रुसलाई मस्ट फेभर्ड नेसनको सूचीबाट हटाउने निर्णय गरेका थिए ।

साथै उनले प्रतिबन्धित संस्थामाथि क्रिप्टोकरेन्सीको कारोबारमा पनि रोक लगाएका थिए । पछिल्लो केही सातामा जापानले रुसमाथि निकै कडा किसिमको प्रतिबन्ध घोषणा गरिसकेको छ । जापानले रुसमाथि स्विफ्ट बैंकिङ प्रणालीमा रोक लगाउने र रुसलाई तेल शुद्धीकरण उपकरण निर्यातमा प्रतिबन्ध लगाउनेजस्ता निर्णय गरिसकेको छ ।

तपाईको प्रतिक्रिया