मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौँ – जापानका प्रधानमन्त्री फुमियो किशिदाको दुई दिने भारत भ्रमण आजबाट सुरु हुँदैछ । राजधानी दिल्लीमा हुने भारत-जापान शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री किशिदा भारत आउन लागेका हुन् ।

पदभार ग्रहण गरेपछि उनी पहिलो पटक भारत भ्रमणमा आउन लागेका हुन् । उनले प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता पनि गर्नेछन् ।यसअघि सन् २०१८ मा टोकियोमा भारत र जापानबीच शिखर वार्ता भएको थियो। रुसविरुद्ध पश्चिमी देशहरू एकजुट भएर रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाएका बेला यो भ्रमण निकै महत्त्वपूर्ण मानिएको छ ।

यस शिखर सम्मेलनमा दुवै देशले द्विपक्षीय सहयोगको समीक्षा र सम्बन्धलाई मजबुत बनाउने अवसर पाउनेछन् ।  साथै, यो बैठकले क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा विचार आदानप्रदान गर्ने अवसर पनि प्रदान गर्नेछ । यसअघि प्रधानमन्त्री मोदीले अक्टोबर २०२१ मा प्रधानमन्त्री किशिदाको पदभार ग्रहण गरेपछि वार्ता गरेका थिए ।

दुबै पक्षले ‘विशेष रणनीतिक र विश्वव्यापी साझेदारी’लाई थप सुदृढ गर्ने इच्छा व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया