मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं – बेइजिङले युक्रेन युद्धमा चीनको भूमिकाको बारेमा वासिङ्टनले ‘विकृत सूचना’ फैलाएको आरोप लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आज रोममा दुई देशका राजदूतहरू बिचको वार्ताअघि चीनको यस्तो प्रतिक्रिया आएको हो ।

रुसले चीनसँग सैन्य र अन्य सहायता मागेको अमेरिकी अधिकारीहरूको आरोपको खण्डन गरेको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने, ‘अमेरिकाले युक्रेन मुद्दामा चीनलाई लक्षित गरी गलत सूचना फैलाउँदै आएको छ ।’

यसअघि रुसले चीनसँग सैन्य र अन्य सहायता माग गरेको अमेरिकी अधिकारीहरूले आरोप लगाएका थिए । वासिङ्टनमा रहेको चिनियाँ राजदूतावासले भने त्यस्तो मागबारे थाहा नभएको बताएको छ । सञ्चारमाध्यमका अनुसार अमेरिकाले रुसलाई सहायता गरेमा चीनले त्यसको दुष्परिणाम भोग्ने चेतावनी दिएको छ । चीन र अमेरिकाबीच सोमवार वार्ता हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया