मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

किभ – युक्रेनमा कार्यरत एकजना अमेरिकी पत्रकारलाई राजधानी किभ नजिकको इर्पिन सहरमा गोली हानी हत्या भएको छ ।

किभका प्रहरी प्रमुख एन्द्रिय नेवितोभले उनलाई रुसी फौजले आक्रमण गरेको बताएका छन् । यस घटनामा घाइते भएका अन्य दुईजना पत्रकारको अस्पतालमा उपचार भइरहेको छ ।

विगतमा अमेरिकाको चर्चित अखबार न्युयोर्क टाइम्समासमेत काम गरेका ५० वर्षिय ब्रेन्ट रेनडको हत्या भएको हो ।

उनी पत्रकारसँगै चलचित्र निर्माता पनि हुन् ।

युक्रेनको युद्धबारे समाचार संकलनमा संलग्न विदेशी पत्रकार मारिएको यो पहिलो घटना हो । घाइते भएका इटालियन पत्रकार हुवाँ अर्रेदोन्दोले बे्रेन्ट र आफूलाई एकै साथ आक्रमण गरिएको बताएका छन् ।

ट्विटरमा राखएिको भिडियोमा उनले भनेका छन्,”हामी पुलहरूमध्ये पहिलो पुलको माझमा थियौँ । देश छाडेर जान लागेका शरणार्थीहरूको फिल्म खिच्न जानेक्रममा हामी एउटा कारमा छिर्यौं । हामीलाई कुनै एक व्यक्तिले अर्को पुलमा लगिदिने बताए । हामीले चेकप्वाइन्ट पार गर्‍यौँ । त्यति नै बेला तिनीहरूले हामी माथि गोली चलाउन थाले । ड्राइभरले कार यताउता घुमाए । ब्रेन्टको घाँटीमा गोली लाग्यो ।”

न्युयोर्क टाइम्सले ब्रेन्टको निधनप्रति दुख व्यक्त गर्दै उनले युक्रेनमा आफ्नf लागि काम गरिनरहेको स्पष्ट पारेको छ ।

अमेरिकाका थुप्रै समाचार संस्थामा काम गरेका ब्रेन्टले अफगानिस्तान, इराक र हाइटीबाटसमेत रिपोर्टिङ गरेका थिए ।

तपाईको प्रतिक्रिया