मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडाैं – एक सेवा निवृत्त व्यक्तिले फ्रान्सको राष्ट्रपति पदका दक्षिणपन्थी उम्मेदवार इरिक जेमोरको टाउकोमा काँचो अण्डा फूटाएका छन् । ७० वर्षीय पुरुषले मोइज्याकको दक्षिणी क्षेत्रमा जेमोरको टाउकोमा अण्डा प्रहार गरेको अभियोजनकर्ताको कार्यालयले जनाएको छ ।

अशक्त बालबालिकाको बारेमा जेमोरले गरेको टिप्पणीबाट आक्रोशित भएका उनले विरोधस्वरुप यो कदम उठाएका थिए । यी सेवा निवृत्त किसानको छोरा अटिजमबाट प्रभावित छन् । झन्डै २ महिना अगाडि जेमोरले विद्यालयमा समावेशीको प्रयासविरुद्ध बोल्दै अशक्त विद्यार्थीलाई छट्टै पढाउनु पर्ने बताएका थिए ।

सार्वजनिक अभियोजनकर्ताको कार्यालयले जेमोरको टोलीले यो विषयमा प्रहरीलाई खबर गर्न नहुने बताएको छ । यद्यपि यी सेवा निवृत्तलाई केही सभ्य व्यवहारको बारेमा पढाउनुपर्ने बताइएको छ । फ्रान्समा अप्रिल १० र २४ मा दुई चरणको भोटिङमा नयाँ राष्ट्रपति चुनिने छ ।

हालसम्मको सर्वेक्षणमा जेमोर १२.५ प्रतिशतसहित तेस्रो स्थानमा छन् । उनी इमानुयल म्याक्रो र मारिन ली पेन भन्दा पछाडि छन् । उक्त सर्वेक्षणमा म्याक्रोले ३० प्रतिशत र ली पेनले १८ प्रतिशत मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया