बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

टाेकियाे – जापानले युक्रेनमा रहेको आफ्नो दूतावास अनिश्चितकालका लागि बन्द गरेको छ । युक्रेनको राजधानी किभमा रहेको दूतावास रुस र युक्रेनको युद्धका कारण बन्द गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

जापानको विदेश मन्त्रालयले युक्रेनमा रहेका आफ्ना नागरिकलाई भने तत्काल युक्रेन छोड्न यसअघि नै आग्रह गरेको थियो । तर, पनि गत फेब्रअरी २३ तारिखसम्म युक्रेनमा जापानका १२० नागरिक मात्रै रहेका थिए ।

अहिले जापानबाट त्यसतर्फ जान पुरै प्रतिबन्ध लगाइएको जापानको मन्त्री परिषद्का मुख्य सचिव हिरोकाजु मात्सुनोले जानकारी दिए ।

तपाईको प्रतिक्रिया