बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

टाेकियाे – उत्तर कोरियाले जापानी समुन्द्रमा ब्यालेस्टिक क्षेप्यास्त्र जस्तो वस्तु प्रहार गरेको छ । उत्तर कोरियाले आइतबार बिहान जापानी समुन्द्र (सी अफ जापान) तर्फ ब्यालेस्टिक क्षेप्यास्त्र जस्तो वस्तु प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको हो ।

जापानको तट रक्षक बलले समेत उक्त वस्तु ब्यालेस्टिक क्षेप्यास्त्र हुन सक्ने बताएको छ । चिनियाँ राष्ट्रपति सी जीनफिङले नयाँ परिस्थितिमा उत्तर कोरियासँगको ‘मित्रता एवं सहकार्य’ थप बढाउने भनेलगत्तै पछिल्लो क्षेप्यास्त्र प्रहार भएको हो ।

यदि ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएको पुष्टि भए यो वर्षको सुरुयता उत्तर कोरियाले गरेका क्षेप्यास्त्र परीक्षणको संख्या आठ पुग्ने छ । उसले बेइजिङमा हालै सम्पन्न शीतकालीन ओलम्पिकका बेला भने कुनै परीक्षण गरेको थिएन ।

तपाईको प्रतिक्रिया