आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

काठमाडाैं – स्पेक्सएक्स अरबपति इलोन मस्कले रुसी आक्रमणले प्रभावित युक्रेनको इन्टरनेट सञ्जाल सुधार गर्नका लागि स्टारलिङ्क स्याटलाइट ब्रोडब्यान्ड परिचालन गरेका छन् ।

युक्रेनका उपप्रधानमन्त्रीले सामाजिक सञ्जाल ट्विटरमा गरेको अनुरोधमा प्रतिक्रिया जनाउँदै मस्कले यस्तो घोषणा गरेका हुन् । भीषण लडाइँ भएका दक्षिणी र पूर्वी युक्रेन अनलाइन सेवा खराब भएका छन् ।

स्टारलिङ्क प्रणालीसँग करिब १,५०० भूउपग्रहहरू रहेका छन् र तिनले फाइबर अप्टिक केबल वा फोन टावरबिना पनि इन्टरनेट सेवा दिन सक्छन् ।

तपाईको प्रतिक्रिया