बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

काठमाडाैं – यूकेका सशस्त्र बलसम्बन्धी मन्त्री जेम्स हिपीले यूके र अन्य २५ देशहरूले युक्रेनलाई थप ‘मानवीय सहायता वा सैनिक सहयोग’ उपलब्ध गराउने सहमति गरेको जनाएका छन् ।

उनले बीबीसी रेडिओ फोरको टूडे कार्यक्रमसँग बोल्दै यूकेले अब ती देशहरूसँग समन्वय गरेर कसरी युक्रेनीहरूको हातमा सैनिक सहायता पुर्‍याउने भन्ने निर्णय गर्ने बताए । तर उनले त्यसबारे थप खुलाएनन् ।

उनले युक्रेनबाट भएको सशक्त प्रतिवादबारे क्रेम्लिनले ‘समीक्षा गर्न सक्ने’ भन्दै रुसले भीषण गोलाबारी गर्ने निर्णय गर्न सक्ने जोखिम रहेको बताए ।

उनले स्विफ्ट नामक अन्तर्राष्ट्रिय ब्याङ्किङ मुद्रा ट्रान्सफर प्रणालीबाट रुसलाई अलग गर्ने विषयमा ब्रिटेनले अरू देशहरूलाई मनाउने कूटनीतिक प्रयास गरिरहेको बताए ।

तपाईको प्रतिक्रिया