बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

टोकियो – सर्जक तथा गायक पुरुषोत्तम सिग्देलको नयाँ लोकदोहोरी गीत ‘झल्को मेटिन्छ…’ सार्वजनिक भएको छ । माया पिरतीमा आधारित झल्को मेटिन्छ गीतले दर्शक श्रोताको मन जित्ने विश्वास गरिएको छ ।

सिग्देलको शब्द तथा लय रहेको गीतमा सूर्य खड्का र कमला पोखरेलको आवाज रहेको छ । भिडिओ निर्देशन दुर्गा पौडेलले गरेका हुन् भने निक्स शर्मा र साया भण्डारीको अभिनय रहेको छ । गीतको एरेञ्ज सञ्जय श्रीपालले गरेका हुन् भने मुर्चुङ्गा डिजिटलमा रेकर्ड गरिएको हो ।

गीतलाई पुरुषोत्तम सिग्देलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । विगत १० वर्ष अगाडिदेखि जापानको फुकुओकालाइ कर्म थलो गराउँदै आएका सिग्देलले यसअघि दर्जनौँ गीतहरूमा आवाज र शब्द, लय सङ्कलन गरेका छन् ।

तपाईको प्रतिक्रिया