बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

टोकियो – जापानलाई आफ्नो कर्मथलो बनाएका गायक तथा संगीतकार मिस्टर सुबोधले नयाँ गीत ‘हाम्रो नजर…’ ल्याएका छन् । डोगा प्रोडक्शनको प्रस्तुतिमा गायिका मेचु धिमाल र गायक सुबोधको स्वरमा गीत सार्वजनिक भएको हो ।

गीतमा तोरण थापा मगरको शब्द रहेको छ भने सुरेश कुमार क्षेत्रीको संगीत रहेको छ । रेन तामाङले यस गीतलाई संगीत संयोजन गरेका हुन् । जापानको विभिन्न रमणीय स्थानहरुमा छायाङ्कन गरिएको यस गीतको भिडिओमा लक्ष्मण पुन लक्स र आशा राना मगर फिचर्ड छन् ।

डिओमा अतिथि भूमिकामा राजु राना मगर र सुभेक्षा महर्जनको समेत अभिनय रहेको छ । गोविन्द बिस्टले छायाङ्कन र सम्पादन गरेको यस भिडिओलाई लक्ष्मण पुन लक्सको निर्देशनमा तयार पारिएको हो । रमा राना मगर निर्मात्री रहेको यस भिडियोलाई ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

यो पनि : जापानबाटै मिस्टर सुबोधको ‘बलिदान’ सार्वजनिक [भिडियोसहि]

सन् २००५ देखि नै गीत संगीतको क्षेत्रमा सक्रिय रहेका मिस्टर सुबोधले आफ्नो सांगीतिक यात्रा ‘तिम्रो मायाले’ बोलको गीतबाट गरेका थिए । २०१३ मा विद्यार्थी भिसामा जापान आएका उनी हाल यहाँकै एक कम्पनीमा पूर्णकालीन कर्मचारीका रूपमा कार्यरत छन् । जापानको व्यस्तताकाबीच पनि कामसँगै सांगीतिक क्षेत्रमा सक्रिय रहेको उनी बताउँछन् ।

तपाईको प्रतिक्रिया