सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडाैं – रूसले युक्रेनमाथि सैन्य आक्रमण जारी राखेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोनबास क्षेत्रमा ‘सैन्य कारबाही’ को घोषणा गरे लगत्तै युक्रेनको राजधानी किएभमा विस्फोट हुन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्थानीय समय अनुसार ५:५५ बजे सैन्य कारबाही घोषणा गरेको केही मिनेटपछि युक्रेनमाति हमला शुरू गरिएको विवरणहरूमा जनाइएको छ ।युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले ट्विट गर्दै भ्लादिमिर पुटिनले ‘‘युक्रेनमाथि पूर्ण स्तरको आक्रमण शुरू गरेको बताएका छन् । उनले अन्तर्राष्ट्रिय जगत्‌ले पुटिनलाई रोक्न सक्ने र रोक्नुपर्ने विषयमा जोड दिएका छन् ।रुसले पूर्वी युक्रेनमा आफ्ना सेनाविरुद्ध ‘भीषण गोलाबारी’ गरेको युक्रेनको सैन्य बलले जनाएको छ । रुसले युक्रेनको राजधानी किएभनजिकै रहेको एक विमानस्थलसहित देशका अन्य विभिन्न विमानस्थलमा पनि क्षेप्यास्त्र आक्रमण गरेको बताइएको छ । तस्बिर : एपी, एफपी र अन्य ऐजेन्सीहरु

तपाईको प्रतिक्रिया