सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडाैं – युक्रेनमा रुसले गरेको हमलाबारे अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया आउने क्रम जारी छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी कदमका लागि उसलाई “विश्वले उत्तरदायी बनाउने” बताएका छन् । रुसविरुद्ध अमेरिकाले चाल्ने थप कदमबारे बाइडनले अमेरिकी नागरिकलाई सम्बोधन गर्ने तय भएको छ ।

ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले पुटिनले “रक्तपात र विध्वंस”को बाटो रोजेको प्रतिक्रिया दिएका छन् । थप कदमबारे छलफल गर्न उनले उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका महासचिव येन्स स्टोलटनबेर्गसँग कुराकानी गरेका छन् ।

मस्कोमाथि थप प्रतिबन्धहरू लगाउन युरोपेली सङ्घ ईयूका नेताहरू आज साँझ बैठक बस्न लागेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले लडाइँ रोक्न राष्ट्रपति पुटिनलाई आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया