सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – रुसले बिहीबार युक्रेनमाथि आक्रमण गरेसँगै युक्रेनको राजधानी शहर किभ छाड्नेको लर्को देखिएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विशेष सैन्य कारबाहीको घोषणा गरेसँगै रुसले युक्रेनमाथि बमबारी र मिसाइल आक्रण सुरु गरेको हो ।

युक्रेनको राजधानी शहर किभमा आपतकालीन साइरन बजेको थियो । बिहीबार सार्वजनिक भएको किभको तस्बिरमा मानिसहरु शहरबाट बाहिरिने क्रममा रहेको देख्न सकिन्छ । किभबाट ठूलो संख्यामा सवारीसाधनहरु बाहिरीरहेको तस्बिरमा देखिएको छ ।

सामाजिक सञ्जालमा किभमा रहेका मानिसले आत्तिँदै प्रतिक्रिया दिएका छन् । गार्जियनका किभमा रहेका पत्रकार ल्युक हार्डिङले सामाजिक सञ्जाल ट्वीटरमा सडकमा बिहीबार मानिसको संख्या निकै कम रहेको उल्लेख गरेका छन् । साथै एटीएममा मानिसहरुको लामो लाइन लागेको छ । बिहीबार किभमा पनि केही विस्फोटको आवाज सुनिएको थियो ।

तपाईको प्रतिक्रिया