बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

टाेकियाे – जापानमा कोरोना भाइरसबाट एकैदिन हालसम्मकै धेरै कोभिड संक्रमितको मृत्यु भएको छ । मंगलबार जापानमा कोभिड संक्रमणबाट ३१९ जनाको मृत्यु भएको छ । जुन संख्या महामारी सुरु भएयताकै धेरै हो ।

आज राजधानी टोकियोमा थप ४ हजार नयाँ संक्रमित थपिएका छन् । जबकि त्यहाँ एक हप्ताअघि दैनिक संक्रमितको संख्या ११ हजार ४४३ थियो । तर संक्रमणबाट ज्यान गुमाउनेको संख्या भने उच्च नै छ ।

जापानमा दैनिक रुपमा थपिने नयाँ संक्रमितको संख्या भने घट्न थालेको छ । सोमबार त्यहाँ ५१ हजार ९८७ जना नयाँ संक्रमित थपिएका थिए । हिजो त्यहाँ जनवरी २४ यता पहिलो पटक दैनिक संक्रमितको संख्या ६० हजारमुनि झरे पनि गम्भीर संक्रमितको संख्या १८ प्रतिशतले बढेर एक हजार ४९५ पुगेको छ ।

तपाईको प्रतिक्रिया