सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडौं – ३ फिट भन्दा कम उचाइ भएकी ३२ वर्षीय महिलाले आफूभन्दा १३ वर्ष कम उमेरको युवकलाई प्रेमी बनाएपछि सामाजिक सञ्जालमा आलोचना गरिएको छ ।

अमेरिकाकी ३२ वर्षकी सेसी केसी र उनको १९ वर्षीय प्रेमी ब्लेकले अहिले आलोचना खेपिरहेका छन् । सेसी करिब २ फिट १० इञ्चकी मात्रै छिन् भने उनको प्रेमी ब्लेक ५ फिट ७ इञ्चका छन् । सेसीलाई ३२ वर्षको उमेरमा १९ वर्ष पनि पार नगरेको युवकसँग प्रेम सम्बन्ध राखेको भन्दै आलोचना गरिएको हो । त्यस्तै उनलाई बारमा काम गर्ने गरेको भनेर पनि आलोचना गरिएको छ ।

उता ब्लेकलाई पनि सानो उमेरमा ३२ वर्षीया महिलासँग प्रेम सम्बन्ध राखेको भनेर आलोचना गरिएको छ । तर सामाजिक सञ्जालमा आलोचित भएता पनि उनीहरू दुवै जस्तोसुकै कठिन परिस्थितिमा पनि एक-अर्काका लागि मरिमेट्छन् । उनीहरू एक-अर्कालाई धेरै माया पनि गर्छन् । ब्लेक सेसीसँग बिहे गर्न पनि चाहन्छन् । उनी भन्छन्, ‘सेसी राम्रो मन भएकी महिला हुन् । उनी मलाई खुसी राख्छिन् । मलाई उनको उचाइ र कामसँग केही फरक पर्दैन ।’ उनीहरूको भेट फेसबुकमार्फत भएको थियो । एक महिना डेटिङ गरेपछि उनीहरूले सँगै बस्ने निर्णय गरेका हुन् ।

‘डेली स्टार’ रिर्पोटका अनुसार जब सेसी जवान थिइन्, डाक्टरहरूले उनलाई कार्टिलेज – हेयर हाइपरप्लासिया भएको बताए । यो यस्तो अवस्था हो जसमा हड्डीहरुको लम्बाई बढ्दैन । जसले गर्दा उचाइ वृद्धि हुँदैन । उनको उचाइ सामान्य भन्दा धेरै कम छ । तरपनि उनले यसलाई आफ्नो कमजोरीको रूपमा लिएकी छैनन् । उनी आफ्नो तस्बिर र भिडियोहरूलाई इन्टाग्राममार्फत सार्वजनिक गरिरहेकी हुन्छिन् । उनको दुई लाख भन्दा बढी सङ्ख्यामा फलोअर्स छन् ।

तपाईको प्रतिक्रिया