बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

काठमाडाैं – बंगलादेशका सेनाका सेवानिबृत्त अधिकारी (मेजर) को हत्यामा संलग्न भएको आरोमा दुई प्रहरी अधिकारीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । बंगलादेशको जिल्ला अदालतले आरोपित दुई प्रहरी अधिकारी प्रदिप कुमार दास र लियकात अलिलाई मृत्युदण्डको सजाय सुनाएको हो ।

सेनाका पूर्वमेजर सिन्हा मोहम्मद रशिदको दक्षिणपूर्वी बंगलादेशको कक्स बजारनजिकै सन् २०२० जुलाई ३१ मा हत्या भएको थियो । नेचर डकुमेन्ट्री बनाइरहेका सेवानिबृत्त रशिदमाथि दास र अन्य प्रहरी जवानले अन्धाधुन्ध गोली हानी हत्या गरेको आरोप लागेको थियो ।

आरोपित प्रहरी अधिकारी दास र अलिलाई त्यहाँको जिल्ला अदालतले दोषी ठहर गर्दै दुवैलाई सोमबार मृत्युदण्डको सजाय सुनाएको हो । राष्ट्रको सुरक्षा बलद्वारा देशको सुरक्षामा खटिएका व्यक्तिको गैरन्यायिक तरिकाले हत्या भएको भन्दै अदालतले सो सजाय सुनाउने निर्णय गरेको बताइएको छ । अन्य ६ आरोपितलाई भने आजीवन काराबासको सजाय सुनाइएको बताइएको छ ।

तपाईको प्रतिक्रिया