मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

खिन्न वा दिक्क मुडमा निदायो भने बिहान उठ्दा पनि मन तनावग्रस्त हुने कुरा वैज्ञानिकहरूले पत्ता लगाका छन् ।

नर्थवेस्टर्न विश्वविद्यालयका अनुसन्धानकर्ताहरूका अनुसार मुड खराब अवस्थामै सुतेकाहरूको स्टेस हर्मोन बिहान उठ्दा निकै बढ्ने पाइयो । यस्तो हर्मोनले मुटुको रोगदेखि डिप्रेशनजस्ता मानसिक रोगसमेत ल्याउने कुरा विज्ञहरू बताउँछन् ।

अनुसन्धानमा संलग्न एक डाक्टर एमा एडमका अनुसार यदि पारिवारिक कलहकै कारण मन खिन्न भइरहेको छ भने पहिला संवाद गरी कुरो टुङ्गो लगाउनुस् अनि मात्र सुत्न जानुस् ।

त्यस्तै बिछ्यौनाबाट उठ्नुअघि आफ्ना पार्टनरलाई अँगालो हाल्न नबिर्सनुस् । यसबाट अक्सिटोसिनजस्ता मन प्रफुल्ल पार्ने हर्मोन क्रियाशील हुन्छ ।

साभार : ‘एकसे एक उपचार’ पुस्तकबाट

तपाईको प्रतिक्रिया