मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडाैं – पछिल्लो २४ घण्टामा ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १४५ नमूना परीक्षणमध्ये ३०४९ पीसीआर र ४९१ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।

यस्तै पछिल्लो ४ दिनमा संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ । ढिलो गरेर रिपोर्ट दिएकाले ४ दिनको एकैपटक अपडेट गरिएको मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार थप ६३४९ जना संक्रमणमुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया