शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – जापानले प्रवेश प्रतिबन्ध लगाएपछि धेरै विदेशी विद्यार्थीको मानसिक स्वास्थ्यमा असर परेको एक अध्यक्षले देखाएको छ । कोरोना सङ्क्रमणका कारण प्रवेश प्रतिबन्ध लगाएपछि अध्ययनका लागि जापान प्रवेश गर्न नसकेका विश्वभरका विद्यार्थीको मानसिक स्वास्थ्यमा असर देखिएको हो ।

जापानमा विदेशी विद्यार्थीहरूलाई अध्ययन गर्न मद्दत गर्ने टोकियोस्थित एक कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डेभिड रोशीले सर्वेक्षणका क्रममा प्रायः विद्यार्थीहरूले आफ्नो मानसिक स्वास्थ्य बिग्रिएको महसुस गरेको देखाएको बताए । आइतबारदेखि १० दिनसम्म गरिएको अनलाइन सर्वेक्षणले ३,११५ उत्तरदाताहरूमध्ये ५८.४ प्रतिशतले आफ्नो मानसिक स्वास्थ्य उल्लेखनीय रूपमा घटेको र २६.२ प्रतिशतले थोरै ह्रास भएको महसुस गरेको उनको भनाई छ ।

अत्यधिक सङ्क्रामक ओमिक्रोन भाइरस संस्करण विश्वभर फैलिएपछि जापानले नोभेम्बर ३० देखि सैद्धान्तिक रूपमा विदेशीहरूको प्रवेशमा प्रतिबन्ध लगाएको छ । ‘जापान आउन नसकेका विद्यार्थीहरूले आफ्नो जीवन योजना परिवर्तन गर्न बाध्य भएको बताए,’ रोशीले एक अनलाइन पत्रकार सम्मेलनमा भने, ‘धेरै विद्यार्थीले समयको भिन्नताका कारण असुविधाजनक समयमा अनलाइन कक्षाहरूमा भर परेको गुनासो गरे ।’

सरकारले विद्यार्थीहरू कसरी देशमा प्रवेश गर्ने भनेर स्पष्ट मार्गचित्र प्रस्तुत गर्नुपर्ने उनले बताए । इटालियन ग्र्याजुएट स्कुलकी २७ वर्षीया विद्यार्थी जिउलिया लुज्जोले जापान जान नपाउने भएकाले आफूले पाएको जापानको विश्वविद्यालयमा अध्ययन गर्नको लागि छात्रवृत्ति रद्द भएको बताइन् । ‘मैले जापानमा बस्न छाड्न सकिन, त्यसैले मैले भविष्यमा जापानमा काम गर्न जापानी भाषा सिक्ने निर्णय गरेँ । तर कहिलेकाहीँ मलाई लाग्छ कि मेरो सबै मेहनत व्यर्थ जान्छ,’ उनले भनिन् ।
क्योदोबाट

तपाईको प्रतिक्रिया