शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडाैं – अस्ट्रेलियामा पछिल्लाे २४ घन्टामा थप ७४ जना काेराेना संक्रमितले ज्यान गुमाएका छन् । अस्ट्रेलियामा एकै दिन यति धेरै संख्यामा काेराेना संक्रमितले ज्यान गुमाएका हुन् ।

मृत्यु हुनेहरूमा सबैभन्दा धेरै न्यु साउथ वेल्सका रहेका छन् । त्यहाँ पछिल्लाे २४ घन्टामा ३६ जना संक्रमितले ज्यान गुमाएका हुन् । यसैगरी भिक्टाेरिया र क्विन्सल्यान्डमा क्रमश २२ र १६ जनाले ज्यान गुमाएका छन् । अस्ट्रेलियामा पछिल्लाे समय काेराेना संक्रमण बढ्दै गइरहेकाे छ । संक्रमितकाे संख्याले अस्पताल भरिएकाे छ ।

जाेन्स हाेप्किन्स युनिभर्सिटीका अनुसार अस्ट्रेलियामा हालसम्म १८ लाख ३९ हजार ३०६ जनामा काेराेना संक्रमण भइसकेकाे छ भने २ हजार ७५० जनाले ज्यान गुमाइसकेका छन् । अस्ट्रेलियामा हालसम्म ७८.९३ प्रतिशतले काेराेना विरुद्धकाे पूर्ण खाेप लगाइसकेका छन् ।

तपाईको प्रतिक्रिया