Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – इङ्लिस प्रिमियर लिगका क्लब लिभरपुल, टोटनहम, वेस्ट ह्याम र उल्भरह्याम्पटन आाइतबार राती एएफए कपको तेस्रो चरणमा विजय हालिस गरेका छन् ।

प्रिमियर लिगको उपाधि होडमा रहेको लिभरपुलले घरेलु मैदानमा तेस्रो श्रेणी लिगको क्लब श्रेएसबरीलाई ४–१ ले हराएको हो । भ्रमणकारी श्रेएसबरीले २७औँ मिनेटमा ड्यानियल उडोहको गोलबाट अग्रता लिएको थियो ।

काइडी गोर्डोनले ३४औँ मिनेटमा बराबरी गोल फर्काए । ४४औँ मिनेटमा फाबिन्होले पेनाल्टीमा गरेको गोलबाट लिभरपुलले अग्रता लियो । ७८औँ मिनेटमा रोबर्टो फिर्मिनोले तेस्रो गोल गरे । इन्जुरी समयमा फाबिन्होले अर्को गोल थपेपछि लिभरपुलले सहज जित निकालेको हो ।

प्रिमियर लिगकै अर्को क्लब टोटनहमले घरेलु मैदानमै लिग वानको मोरेकाम्बेलाई ३–१ ले हरायो । भ्रमणकारी मोरेकाम्बेले ३३औँ मिनेटमा एन्थोनी ओ‘कोनोरको गोलबाट अग्रता लिएको थियो । ७४औँ मिनेटमा ह्यारी विन्कस्ले बराबरी गोल फर्काए । लुकास मोउराले ८५औँ मिनेटमा गरेको गोलबाट टोटनहमले अग्रता लियो । ८८औँ मिनेट ह्यारी केनले गोल थपेपछि टोटनहमले जित पक्का गर्‍यो ।

ड्यानियल पोडेन्सको दुई गोलप्रेरित उल्भरह्याम्पटनले च्याम्पियनसिपको क्लब सेफिल्ड युनाइटेडलाई ३–० ले हरायो । उल्भरह्याम्पटनका लागि पोडेन्सबाहेक नेल्सन सेमेडोले गोल गरेका थिए ।

वेस्ट ह्याम युनाइटेडले प्रिमियर लिगकै अर्को क्लब लिड्स युनाइटेडलाई २–० ले हरायो । वेस्ट ह्यामको जितमा म्यानुएल लान्जिनी र जारोड बोवेनले गोल गरेका थिए ।

एफए कपको अन्य खेलमा स्टोक सिटीले लेटोन ओरियन्टलाई २–० ले हरायो भने नर्विच सिटीले चार्लटनलाई १–० ले पराजित गरेयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया