Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

टोकियो – नेपाली जनप्रगतिशील मञ्च जापानको क्षेत्रीय समिति सेन्दाईले एनआरएनए एसएनएफसी (NRNASNFC)लाई जर्सी हस्तान्तरण गरेको छ । आज सेन्दाईमा आयोजित एक कार्यक्रमबीच जनप्रगतिशील मञ्च सेन्दाईका अध्यक्ष तेज दाहालले एनआरएनए एसएनएफसीका कप्तान दिनेश शर्मालाई जर्सी हस्तान्तरण गरेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपाली जनप्रगतिशील मञ्च जापानको केन्द्रीय अध्यक्ष भवानी पन्त, सल्लाहकार समिति संयोजक तथा निवर्तमान अध्यक्ष हवलचन्द्र लामा र सेन्दाई क्षेत्रीय समिति इन्चार्ज बिनुका खड्काको सल्लाहमा उक्त सामग्री हस्तान्तरण गरिएको अध्यक्ष तेज दाहालले जानकारी दिए । खेलकुद सामग्री हस्तान्तरण कार्यक्रममा क्षेत्रीय अध्यक्ष दाहाल, सचिव छिरिङ तामाङ, सहसचिव साबित्रा नेपाली र कोषाध्यक्ष युधिर भुजेल लगायतको उपस्थिति रहेको थियो ।पोसाक ग्रहण गर्दै टीम कप्तान वीरेन्द्र शर्मा साथै टीमका खेलाडीहरूले खुसी व्यक्त गर्दै जनप्रगतिशील मञ्च सेन्दाईलाई खेलकुदको क्षेत्रमा सहयोग गरेकोमा आभार प्रकट गर्दै निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उक्त कार्यक्रमै मञ्च क्षेत्रीय समितिको मोना गाेल्डकपमा मा सहभागी हुने खेलाडीलाई बिदाइ गरिएको ।१४ जना खेलाडी रहेको उक्त क्लबलाई बिदाइ र खेलकुद सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै सेन्दाई अध्यक्ष दाहालले सहयोग गर्ने सबै क्षेत्रीय कमिटीहरू, केन्द्र कमिटी साथै सेन्दाईमा रहेका संस्थालाई धन्यवाद व्यक्त गरे । यस्ता सामाजिक कार्यमा आफू र आफ्नो संगठन सधैँ सेन्दाईवासीको साथमा रहेको कुरा पनि उनले बताए ।

तपाईको प्रतिक्रिया