टोकियो – प्रथम जेआरएफ मोना गोल्डकप फुटसल प्रतियोगिता २०२२ को तयारी पूरा भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले नयाँ वर्ष २०२२ को अवसरमा यही जनवरी ९ तारिख आइतबारका दिन आयोजना गर्न लागेको गोल्डकपको तयारी पूरा भएको हो ।
आयोजकले आइतबार सिन ओकुबोस्थित भेटघाट रेष्टुरेन्टमा जापानमा पत्रकार भेटघाट गर्दै प्रतियोगिताबारे जानकारी दिएको छ । सो क्रममा अहिलेसम्म दर्ता गराएका ३० टिमका क्याप्टेनहरूको उपस्थितिमा टाइसिट तथा खेल नियमबारे जानकारी दिइएको थियो । प्रतियोगितामा विजेतालाई ३ लाख ५० हजार नगदसहित मेडल प्रमाणपत्र र उपविजेतालाई १ लाख ७० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ ।
यस्तै उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट गोलरक्षकलाई ५ हजार, उत्कृष्ट रक्षकलाई ५ हजार र सर्वाधिक गोलकर्तालाई ५ हजारसहित प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिता 336-0034 Saitama-ken Saitama-Shi Minami Ku Uchiya 6-5-14 मा हुने आयोजकले जानकारी दिएको छ ।
यस्तो छ टाइसिट :-यि हुन् नियम :-मोना विश्वभरि छरिएर रहेका म्याग्देलीहरुलाई एकत्रित गरी जिल्लाको समृद्धिका लागि सम्भावित सहकार्य र साझेदारी बढाउने उद्देश्यका साथ विश्वव्यापी अभियानमा रहेको सामाजिक संस्था हो ।