Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

टोकियो – विश्वमा हालको मासु उपभोगको तथ्याकं हेर्ने हो भने निक्कै उच्च छ । मासुको मागमा वृद्धिले विश्वभरी मासुको व्यवसाय त बढाएको छ । तर यसले विश्वव्यापी वातावरणमा असर पनि गरिरहेको छ ।

हामीले दैनिक जीवनमा जानेर नजानेर अधिकतम मात्रामा कार्बन उत्सर्जन गरिरहेका हुन्छौँ । विश्वव्यापी कार्बन उत्सर्जनमा हाम्रो जीवजन्तुमा आधारित खानेकुराले पनि ठूलो प्रभाव पारिरहेको छ ।

स्वास्थ्य, पशु कल्याण तथा वातावरणसम्बन्धी चिन्ताका कारण वनस्पतिमा आधारित मासुका विकल्पहरू अहिले विभिन्न देशका सुपरमार्केट तथा रेस्टुराँका मेनुहरूमा बियन्ड मिट वा इम्पसिबल फुडका नाममा उपलब्ध छन् ।

यसैक्रममा मासुको उपभोग परिणाममा न्यूनिकरण गर्न जापानका रेस्टुरेन्ट चेन र प्रमुख खाद्य निर्माताहरूले पनि अत्याधुनिक प्रविधि प्रयोग गरि बनाइएको जनावरको मासु कै जस्तो स्वाद भएको स्वस्थ वनस्पतिमा आधारित मासुको विकल्प जापान भित्र्याएका छन् ।

जापानको प्रमुख फास्ट-फूड चेन “फ्रेशनेस बर्गर”ले गतअगष्टमा जनावरको मासुको सट्टा सोयाबीनले बनेको प्याटी प्रस्तुत गर्दै गुड बर्गर बजारमा ल्याएको थियो ।

फ्रेशनेस बर्गरले सुरुमा टोकियो महानगर क्षेत्रमा जनावरको मासु कै जस्तै स्वाद र बनावट भएको बिरुवामा आधारित मासुको प्याटी सहितको बर्गर बेचेर अक्टोबरदेखि जापानभर सो बर्गर बेच्न थालेको छ । सामान्य मासुको बर्गरको तुलनामा २० प्रतिशत कम क्यालोरी भएको यो नयाँ उत्पादमा जापानका स्वास्थ्यप्रति सचेत महिलाहरु बढी आकर्षित भएको भेटिएक छ । फ्रेशनेस बर्गरका एक कर्मचारीले यो बर्गर अपेक्षा गरिएको भन्दा दोब्बर बिक्रि भइरहेको बताएकी छिन् ।

त्यस्तै जापानको एनएच फूड्सले गत वर्ष मार्चमा मासुको विकल्पमा वनस्पतिमा आधारित खाद्य पदार्थबाट बनेको किमाबाट मिटबल लगायत अन्य चार प्रकारका उत्पादनहरू बजारमा ल्याएको थियो ।

यसका साथै २०२० को वसन्तमा सोयाबीनबाट बनेको कटलेट र अन्य उत्पादन बिक्रि सुरु गरेको इटोहम फूड्सले पनि राम्रै बजार पाएको छ ।  अहिले कम्पनीको सो उत्पादनहरुको बिक्रि दुई गुणा बढी भएको छ ।

टोकियोको अनुसन्धान कम्पनी सीड प्लानिंग इंकले  वनस्पतिको प्रोटिन प्रयोग गरी बनाइएको मासुको विकल्पको आगामी दशकमा जापानी बजारमा निकै राम्रो माग हुने प्रक्षेपण गरेको छ ।

मानवजातीले प्रयोग गर्ने मासुको उपभोग प्रत्येक वर्ष बढिरहेको छ । पशुपालनलाई ठूलो मात्रामा पानी र जमिनको आवश्यकता पर्ने हुनाले मासुको विकल्पमा प्लान्टमा आधारित मासुले सहयोग पुर्‍याउने आशा गरिएको छ ।

बिरुवामा आधारित मासुको लागि उपभोक्ता जागरूकता बढाउनु भनेको सस्तो मूल्यमा प्रोटिनको दिगो स्रोत हो जसले विश्वव्यापी प्लान्ट-आधारित प्रोटीन बजारलाई पनि बढावा दिन्छ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया