आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

टोकियो – शरीरको शक्तिमा हामीले ध्यान दिने गरेको भएपनि मन वा दिमाग बलियो बनाउने विषयमा हामीले प्रायः ध्यान दिइरहेका हुँदैनौं । शारीरिक शक्तिले तपाईंको व्यक्तित्वलाई प्रभावशाली बनाउँछ र त्यसले सबैलाई आकर्षित गर्छ भने मानसिक शक्तिले अप्ठ्यारो परेको बेलामा पनि संयम राख्नका लागि प्रेरित गर्छ ।

मन एकाग्र भएमा हाम्रो मानसिक शक्तिको विकास हुने मौका पाउँछ । मन नियन्त्रित गर्न, एकाग्रता बढाउन र मानसिक शक्तिको विकासको लागि ध्यान सर्वश्रेष्ठ उपाय हो ।

ध्यानको इतिहास याथार्थ रुपमा कहिले सुरु भयो भनेर सकिन्न ।  तर ध्यान यस युगको बहुचर्चित शब्द हो । धेरै प्राचीनकालदेखि चलिआइरहेको ध्यान पद्धति वर्तमानमा धेरै नै विख्यात र वैज्ञानिक भइसकेको छ । नियमित ध्यान अभ्यास आधुनिक विज्ञानको दृष्टिमा पनि अति उपयोगी सिद्ध भइसकेको  छ ।

ध्यानले तनावलाई व्यवस्थापन गर्नुका साथै प्रेम, अकारण खुसी प्रदान गर्छ । मनोचिकित्सा रिसर्च जर्नलले हार्डवर्ड विश्वविद्यालयबाट गरेको एक अध्ययनलाई प्रकाशित गरेको छ । अध्ययन रिपोर्टअनुसार आठ हप्ता मात्र गरेको ध्यानले Hippocampus को मोटाइको आकार ठूलो भएको देखाएको छ । Hippocampus दिमागको तल्लो भाग हो जसले भावना र सोचाइको प्रक्रियालाई अघि बढाउँछ ।

ध्यान सम्बन्धि अध्ययनहरु बिचित्र छन् । ५० वर्षको मान्छेलाई २५ वर्षे जस्तै ताजा र युवा दिमागी बनाइएका सच्चाइहरु फेला परेका छन् । नियमित ‘योग-ध्यान’ले आयु लम्बिएका तथ्यहरु पनि फेला परेका छन् ।  ध्यान–योगको कुनै पनि धर्मसित सम्बन्ध छैन कसैले पनि ध्यान गरेर यसको लाभ हेर्न सक्छ । कुनै पनि व्यक्तिले दैनिक पन्ध्र मिनेटको अभ्यास गरेर यसको चामत्कारिक लाभ लिन सक्छ । तर, कम्तीमा ४५ दिन गरेपछि मात्र यसको प्रभाव मिल्छ ।

ध्यानले  मस्तिष्क र शरीरलाई जोड्छ, सोचाइ र कार्यलाई जोड्छ, सबैलाई पूर्ण स्वस्थ बनाउने यो निकै महत्त्वपूर्ण उपागम हो

तपाईको प्रतिक्रिया