काठमाडौं – स्पेनिस युवा खेलाडी फेरान टोरेस बार्सिलोनासँग सम्झौता गरेको औपचारिक घोषणा गरिएको छ । म्यानचेस्टर सिटीबाट खेलिरहेका टोरेसलाई बार्सिलोनाले भित्र्याउने सहमति अघिल्लो सातानै भएको भएपनि औपचारिक घोषणा बार्सिलोनाले मंगलबार गरेको हो ।
२१ बर्षिय स्पेनिस फरवार्ड टोरेसलाई बार्सिलोनाले ५५ मिलियन युरो र अतिरिक्त १० मिलियन युरो दिने गरि बर्सिलिना भित्र्याएको हो । मिडिया रिपोर्टका अन्सुआर उनले बार्सिलोनासँग पाँच बर्षका लागि सम्झौता गरेका छन् । युवा फरवार्ड टोरेजलाई भित्र्याउन प्रशिक्षक जाभी हर्नानडेजले विशेष चासो राखेका थिए ।
बार्सिलोनामा युवा खेलाडीहरुको टिम बनाउने योजनामा रहेका जाभी आफ्नो सोहि योजनामा टोरेजलाई भित्र्याएको बताइएको छ । सिटीमा प्रशिक्षक पेप गार्डियोलाको प्राथमिकतामा नपरेपछि टोरेजले सिटी छोडेर बार्सिलोना रोजेका हुन् ।
टोरेजले गत सिजन सिटीमा कुल ३६ खेल खेल्दै १३ गोल गरेका थिए भने यस सिजनमा केवल ७ खेल मात्र खेल्दै ३ गोल गरेका छन् । टोरेजले स्पेनको राष्ट्रिय टिमका लागि २०२० मा डेभ्यु गरेका थिए भने अहिलेसम्म २२ खेलमा १२ गोल गरेका छन् ।