काठमाडौं – नेपालमा थप एक जनामा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । नेपालमा ओमिक्रोन देखिएको यो तेस्रो केस हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
बुधबार प्रेस ब्रिफिङमार्फत नेपालका ५८ वर्षीय पुरुषमा ओमिक्रोन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिइन् । उनी अहिले मन्त्रालयको निगरानीमा आइसोलेसनमा रहेको र उनको सम्पर्कमा आएका अरू व्यक्तिको ‘कन्ट्याक ट्रेसिङ’ भइरहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै २२ जनामा डेल्टा भेरियन्टको पुष्टि भएको उनको भनाइ छ । उनका अनुसार हालसम्म ५५ लाख बढी नमुना परीक्षण भइसकेको छ भने ९ लाख २२ हजार ४ सय ३३ जना संक्रमित भएका छन् । संक्रमितम्धये ८ लाख ९ हजार ६५९ जना निको भएका छन् भने ११ हजार ५९९ जनाको मृत्यु भएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा २३६ जनामा कोराना संक्रमण पुष्टि भएको छ । यस्तै २७२ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: बुधबार, पौष ०७, २०७८
प्रकाशित समय: २०:४६:३४