Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – इजरायल कोभिड-१९ विरुद्धको खोपको चौथो डोज दिने पहिलो मुलुक बन्ने भएको छ । इजरायलका महामारी विशेषज्ञले ६० वर्षभन्दा माथिका मानिसहरु र स्वास्थ्यकर्मीलाई कोरोना खोपको चौथो बुस्टर डोज दिन सिफरिस गरेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५ समयः साँझ १७ बजे स्थानः आराकावा सन पर्ल हल आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय गीता पाईजा पुन मगर र प्रगति पुन मगर आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

विशेषज्ञको सिफारिसको स्वागत गर्दै इजरायलका प्रधानमन्त्री नेफ्टाली बेनेटले चौथो डोज दिने तयारीको लागि निर्देशन दिएका छन् । मंगलबार इजरायलमा ओमिक्रोन संक्रमणको कारण पहिलो मृत्यु पुष्टि भएसँगै इजरायलले यस्तो योजना ल्याएको हो । इजरायलको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म मुलुकमा ३४० ओमिक्रोन भेरियन्टसहितका संक्रमित फेला परेका छन् ।

प्रधानमन्त्री बेनेटको कार्यालयले तेस्रो डोजको कम्तीमा ४ महिनापछि मात्र चौथो डोज खोप दिइने बताएको छ । बेनेटले चौथो डोज खोपले विश्वलाई नै समस्यामा पारेको ओमिक्रोन भेरियन्टको लहरलाई रोक्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । इजरायलले निकै तीव्र गतिमा आफ्नो कोरोना खोप कार्यक्रम सञ्चालन गरेको थियो । यद्यपि इजरायलका ६३ प्रतिशत मानिसले मात्र कोरोना खोपको पूरा डोज लिएका छन् ।

तपाईको प्रतिक्रिया