Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौँ – नेपालको यू–१९ महिला दक्षिण एसियाली फुटबल (साफ) प्रतियोगिताको उपाधि जित्ने सपना तुहिएको छ । बंगलादेशको ढाकामा सञ्चालन भइरहेको प्रतियोगितामा आइतबार नेपाल भारतसँग १–० ले पराजित हुँदा प्रतियोगिताबाटै बाहिरिएको छ । भारतले नेपालमाथि कठिन जित निकाल्दा पी नावरेमले खेलको ६७औँ मिनेटमा एक मात्र निर्णायक गोल गरेकी थिइन् । ढाकाको मुस्ताफा कमल रंगशालामा नेपालमाथि जित निकाली भारत फाइनलमा पुगेको हो ।

फाइनल स्थान बनाउन नेपालले भारतलाई बराबरीमा मात्र रोक्दा काफी थियो । तर, राउन्ड रोविन लिगको आफ्नो अन्तिम खेलमा नेपाल पराजित हुँदा घर फर्कन बाध्य भयो । भारतसँग पराजित हुँदा पनि नेपाल फाइनलमा पुग्ने एउटा आशा जीवितै थियो । अर्को खेलमा आयोजक बंगलादेश श्रीलंकासँग पराजित भएको अवस्थामा नेपाल दोस्रो स्थानमा रहँदै अन्तिम दुईमा पुग्ने थियो । तर निर्णायक खेलमा बंगलादेशले श्रीलंकामाथि १२–० को सानदार जित निकाली फाइनलमा भारतविरुद्धको समीकरण तयार पा¥यो । बंगलादेशले चार खेलमा दश अंक जोड्दै शीर्ष स्थानमाथि कब्जा जमाएको छ ।

दोस्रो स्थानमा रहेको भारतको नौ अंक छ । नेपालले यू–१९ साफ च्याम्पियनसिपमा नेपालले सात अंक जोड्यो । नेपाल राउन्ड रोविन लिगको तेस्रो स्थानमा रहेको छ । पछिल्लो संस्करणमा नेपाल उपविजेता बनेको थियो । पाँच टोली रहेको च्याम्पियनसिपमा नेपालले दुई जित, एक बराबरी र एक हार निकालेको छ । प्रतियोगितामा नेपालले पहिलो खेलमा बंगलादेशलाई गोलरहित बराबरीमा रोकेको थियो ।

त्यसपछि नेपालले दोस्रो खेलमा श्रीलंकालाई ६–० र तेस्रो खेलमा भुटानलाई ४–० ले हराउँदै फाइनल आशा जीवित बनाएको थियो । यसपटकको संस्करणमा श्रीलंकाले एक खेलमा पनि जित निकाल्न सकेन ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया