Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडाैं – हालै गरिएको विश्वव्यापी ड्रग सर्वेक्षण अनुसार अस्ट्रेलियन विश्वमै सर्वाधिक मदिरा सेवन गर्नेमा परेका छन् । सर्वेक्षण अनुसार दोस्रोमा डेनमार्क र तेस्रोमा फिनल्यान्डका नागरिक देखिए भने अमेरिका र बेलायतका नागरिक मदिरा सेवनमा क्रमशः चौथो र पाँचौँ स्थानमा परेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५ समयः साँझ १७ बजे स्थानः आराकावा सन पर्ल हल आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय गीता पाईजा पुन मगर र प्रगति पुन मगर आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

विश्वका २२ राष्ट्रका ३२ हजार व्यक्तिमा गत डिसेम्बर देखि यो वर्षको मार्च महिनासम्म भएको सर्वेक्षणको नतिजा हालै सार्वजनिक गरिएको हो । कोरोनाको महामारीको बेला मानिसहरू स्वास्थ्यको विषयमा बढी सजग भएको बेलामा यो सर्वेक्षण भएको थियो । सर्वेक्षण अनुसार अस्ट्रेलियन वर्षमा औसत २७ पटक मदिरामा झुम हुने गरेको पाइयो । विश्वको औसत मानिस मदिरामा वर्षमा १५ पटक झुम हुने गरेको पाइए पनि अस्ट्रेलियनको सङ्ख्या लगभग दोब्बर भएको पाइयो । अष्ट्रेलियनले सातामा दुई दिन मदिरामा अत्यधिक झुम हुने गरेको बताएका थिए ।

मदिरा पिएर भोलिपल्ट सर्वाधिक पश्चात्ताप गर्नेमा आयरल्यान्डका नागरिक देखिए । मदिरा सेवन गरेको भोलिपल्ट २८ प्रतिशत भन्दा बढीले पश्चात्ताप गर्ने गरेको बताए । यसरी पश्चात्ताप नगर्नेमा भने डेनमार्कका नागरिक देखिए ।

मदिरा सेवन गर्ने बित्तिकै आफूलाई नशा लाग्ने गरेको ४९ प्रतिशतले स्वीकार गरेका छन् । ६ प्रतिशतले कोभिड सङ्क्रमणको डर भएर नपिएको बताए । तपाईँले गत वर्ष कति पटक मदिरा सेवन गर्नु भयो भन्ने प्रश्नमा फ्रान्सका नागरिकहरू अगाडी देखिए । उनीहरूले गत वर्ष १ सय ३२ पटक मदिरा सेवन गरेको बताए भने न्यूजिल्याण्डका नागरिकले १ सय २० पटक पिएको बताएर दोस्रो स्थानमा रहेका थिए ।

तपाईको प्रतिक्रिया